Pages

शिव मन्दिरमा भक्तजनहरुको भिड, बाबाधाम जानेको लर्को
















बीरगंज २ श्रावण/ साउन महिनाको पहिलो सोमवारको दिन जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको छ । बाँकी समाचार..........



भगवान शिव प्रति आस्था तथा बिश्वास राख्ने भक्तालुहरु श्रावण महिनाको प्रत्येक सोमवारका दिन अनिवार्य रुपमा शिव मन्दिरमा पुगी बेलपत्र र जल चढाउने गर्छन । महिलाहरु आफना पति तथा परिवारको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै साउनको प्रत्येक सोमबार निराहार ब्रत बस्ने गर्दछन । पर्साको सोनबर्षा गाबिस ९ भाठामा रहेको दुधेश्वरनाथ महादेवको मन्दिरमा सोमबारबाटै साउनी मेला शुरु भएको छ । पहिलो सोमवारका दिन दुधेश्वरनाथ महादेवको मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । मन्दिरमा जलचढाउन र मेला देख्नका लागि बिभिन्न ठाउका ब्यक्तिहरु पुगेका छन । सदरमुकाम बीरगंजको अलखियामठ, रानीघाटस्थित शिव मन्दिर, गहवा माई मन्दिरमा रहेको शिव मन्दिर तथा  महाबिर मन्दिरमा रहेको शिव मन्दिर लगायतका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । साउन लागेपछि यहाबाट भारतको झारखण्ड राज्यको देवघरस्थित विश्वप्रसिद्ध बैद्यनाथ धाम जाने भक्तजनहरुको लर्को लागेको छ । बाबाधाम, बोलबम लगायतका बिभिन्न नामले समेत प्रसिद्ध उक्त धाममा सबै उमेर समूहका भक्तजन पहेलो बस्त्र र काधमा कावर बोकेर जाने गरेका छन् । रक्सौल नाका हुदै भक्तजाने भएकाले मुलुक भरीका भक्तजनहरुको वीरगंजमा भिड देखिन्छ । रक्सौलबाट सुल्तानगंजमा पुगेर त्यहास्थित पवित्र गंगा नदीमा जल भरेर तिर्थालुहरु त्यहाबाट भगवान शिवप्रति अगाध आस्था र विश्वास बोकी करीब एक सय किलोमिटर पैदल यात्रा तय गरेर बाबाधाम पुग्ने गर्दछन् । नेपालबाट त्यहा पुग्ने तीर्थ यात्रुको सख्या हजारौमा नभई लाखौंमा हुने गर्दछ ।

No comments:

Post a Comment