सात दिने मैनबत्ती तालीम सम्पन्न
बीरगंज ३ श्रावण/ बीरगंज उपमहानगरपालिकाको सहयोग तथा सरस्वती टोल सुधार समिती छपकैयाको आयोजनामा सात दिने मैनबत्ती तालीम तथा प्रमाण पत्र बितरण कार्यक्रम आज सम्पन्न भएको छ । बाँकी समाचार..........
बीरगंज छपकैया वडा नम्बर १ मा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि अधिकारीले तालीममा सहभागी महिलाहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो । प्रमाण पत्र बितरण सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले यस्ता तालीमले घरको आय आर्जनमा ठुलो टेवा पुग्ने बताउनु भयो । उहाँले तालीमको सदुपयोग गरी आत्म निर्णयको अधिकारमा महिलाहरुलाई ठुलो सहयोग पुग्ने बिश्वास राख्नु भयो । सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान पुर्यानु जरुरी रहेको भन्दै बालबालीकालाई शिक्षाबाट बन्चित हुन नदिन आग्रह गर्नु भयो । तालीममा बीरगंज स्थित बजार छपकैया, पावर्ती नगर, शितलपुर र नदी टोलका ३३ जना महिलाहरुको सहभागीता रहेको थियो । तालीममा सहभागी महिलाहरुलाई गौरी शंकर साहले मैनबत्ती बनाउने बारे प्रशिक्षण दिनु भएको थियो । सरस्वती टोल सुधार समिती छपकैयाका बिरेन्द्र कुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिनेश गुप्ता, प्रेम कुमार साह, बाँके बिहारी, बिश्वनाथ साह लगायतको उपस्थिती रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment