सपथ ग्रहण तथा पुरस्कार बितरण
बीरगंज ३ श्रावण/ साउथ जोन माध्यमिक विद्यालय वीरगंजको मंगलबार सपथ ग्रहण तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको छ । बाँकी समाचार..........
प्याब्सन पर्साका अध्यक्ष श्याम केसीको प्रमुख आतिथ्य तथा सिद्धार्थ माध्यमिक बिधालय वीरगंजका प्रधानाध्यापक जगन्नाथ तिवारीको विशिष्ट आतिथ्यमा सम्पन्न समारोहमा विद्यालयमा खडा गरिएको विद्यार्थी कल्याणकारिणी परिषदका बिजयी उम्मेदवारलाई सपथ ग्रहण गराइनुका साथै बिभिन्न कक्षामा प्रथम देखि तृतिय हुने विद्यार्थीलाई बार्षिक पुरस्कार बितरण समेत गरिएको थियो । समारोहमा विद्यालयमा खडा गरिएको विद्यार्थी कल्याणकारी परिषदका बिजयी १४ उम्मेदवारलाई दज्र्यानी चिन्ह प्रमुख अतिथि केसीले लगाई दिएका थिए । त्यसैगरी गत बर्ष विद्यालयको सपूर्ण कक्षामा प्रथम, द्वितिय र तृतिय हुने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको थियो । समारोहमा अनुसासन, सरसफाई, अंग्रेजी बोल्ने, सर्वाधिक हाजिरी हुने साथै बिभिन्न क्रियाकलापमा उत्कृष्ट हुने बिधार्थीहरुलाई पुरस्कार बितरण्च गरिएको थियो । साउथ जोन माध्यमिक बिधालयमा प्रधानाध्यापक सरोज चौधरीको सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियो ।
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment