आफ्नो पार्टी नफुटेको बरु संसदिय दल मात्र फुटेको केन्द्रिय उपाध्यक्ष कर्ण
बीरगंज ३ श्रावण/ सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष लक्ष्मणलाल कर्णले आफ्नो पार्टी नफुटेको बरु संसदिय दल मात्र फुटेको बताएका छन् । बाँकी समाचार..........
रिपोटर्स क्लव पर्साले आज वीरगंजमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले संसदीय दललाई फोडनमा मद्येशी जनअधिकार फोरम नपालका अध्यक्ष उपेन्द्र यादवको हात रहेको आरोप लगाउनु भयो । उहाँले अनिल झाले पार्टी फुटाउन लाग्दा केही समय अगाडी केन्द्रिय कमीटीको निर्णय अनुसार उनलाई पार्टीबाट निस्कासीत समेत गरिएको तर सभामुख सुवाष नेम्वागले नियम बिपरीत उनीहरुलाई सभामा बोलाई समाबेश गराएको बताउनु भयो । अर्को प्रसंगमा बोल्दै कर्णले माओवादीको आपसी कलहका कारण शान्ति प्रकृया अगाडि बढन नसकेको आरोप लगाउनु भयो । संयुक्त मद्येशी मोर्चासगं सरकारले जेष्ठ १४ गते गरेको पाच बुदे सहमती मध्ये एक बुदा कार्यान्वयन हुदा संविधान सभाको म्याद थपीएको बताउदै कर्णले बाँकी चार बुदा कार्यान्वयनका लागि लागी सरकारले आलटाल गरीरहेको कर्णको आरोप थियो । १० हजार मद्येशी युवायुवतीहरुलाई सेनामा प्रबेश, राजनितीक नियूक्ति, कर्मचारीहरुको सरुवा बढुवामा समाबेशी नगरेका, राज्य संचालन, मद्येशी शहिदहरुका नाममा बिद्यालय संचालन आदी कुरा सहमती भएपनि सरकारले तिनको कार्यान्वयन नगरेको आरोप समेत लगाउनु भयो । उहाँले हुलाकी सडक, वीरगज, जनकपुर, नेपालगंज बिश्व बिद्यालयका लगाी रकम छुटयाउन, मद्येशमा बन्द रहेको कलकरखाना, उधोगलाई अबिल्मब संचालन गर्नका लागी रकमको ब्यस्था गर्नु पर्ने, लगायतका कुरा बजेटका राम्रा पक्ष भएको बताउनु भयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment