काठमाडौं ८ साउन। सार्वजनिक लेखा समितिले जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली०लाई तुरुन्त सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । ............
समितिको सोमबार बसेको बैठकले विगत चार महिनादेखि आर्थिक अभाव भएको कारण देखाउँदै बन्द भएको जचुकालीलाई तत्काल सञ्चालनमा ल्याउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । बैठकले जचुकाली सञ्चालन गर्दा कुनै पनि आर्थिक अनुदान नदिनसमेत सरकारलाई निर्देशन दिइएको सभापति यादवले बताउनुभयो । बैठकले जचुकालीको वर्तमान अवस्था अध्ययन गरी प्रतिवेदन तयार पार्न समितिका सदस्य रवीन्द्र अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरेको छ । समितिका अन्य सदस्यमा राजेन्द्र खेतान, कृष्णबहादुर गुरुङ, नारायणी घिमिरे र सर्मिला कार्की रहनुभएको छ । बैठकमा सभासदहरुले काठमाडौंको नयाँबानेश्वरमा रहेको जचुकालीको जग्गा बिक्री गर्दासमेत आर्थिक अभाव भएको कारण देखाउँदै कारखाना बन्द गरेकामा आपत्ति जनाउनुभएको थियो । बैठकमा उपस्थित सञ्चालक समितिका अध्यक्ष श्यामकुमार महतोले कारखाना सञ्चालन गर्न वर्तमान अवस्थामा रु। एक अर्ब ४८ करोड लागत लाग्ने जानकारी गराउनुभएको थियो । लेखा समितिले काठमाडौं महानगरपालिकाभित्र निर्माणाधीन आकाशेपुलको निर्माण कार्यसमेत तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।
No comments:
Post a Comment