Pages

आरक्षको जंगलमा चरी बाघ छोडियो

निजगढ १४ श्रावण/   पर्सा वन्य जन्तु आरक्ष कार्यालयले हिजो जिल्ला वन कार्यलय पर्साले जिम्मा लगाएको एउटा चरी बाघको बच्चा जंगलमा छोडेको छ । ................
आरक्ष कर्मचारीहरुले मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि, संचारकर्मी र वन कार्यालयका कर्मचारीहरुको रोहवरमा आरक्षको घासे मैदानमा चरी बाघको बच्चा छोडेको आरक्षका संरक्षण सहायक अधिकृत गोपाल घिमिरेले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयले जिल्लाको बसडिल्वा गाविस ५ मा केही दिनअघि बेवारिसे अवस्थामा फेला पारेको सो चरी बाघ संरक्षणकोलागि शुक्रवार बिहान आरक्षको जिम्मा लगाएको थियो ।

No comments:

Post a Comment