बारा १४ श्रावण/ बारामा हिजो साझ भएको छुटाछुटै दुई दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको छ । ..........
हेटौडाबाट बीरगंज आउादै गरेको ना ३ ख ९२५३ नम्बरको ट्रकले बाराको अमलेखगंज–८ चुरियामाई नजिकै ना ८ प ४१०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा वीरगंज आदर्शनगरका प्रबेज खेतान रहेका छन् भने भवानीपुर–३ निवासी बृज गुप्ताको हेटौडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाईते गुप्ताको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यसैगरी पथलैया बीरगंज सडक खण्ड अन्तरगत बाराको नवघोषित जीतपुरमा भारतीय ट्रकको ठक्करबाट एक युवाको घटना स्थलमै मृत्यु भएको छ । ओपि ७८ बीटी ३१४८ नम्बरको भारतीय ट्रकको ठक्करले ठक्कर दिदा ना २ प ६२३८ नम्बरको मोटरसाईकलमा बसेका बरैनिया–३ निवासी बिजय गुप्ताको मृत्यु भएको हो । ठक्कर दिने दुबै ट्रकहरु प्रहरीको नियन्त्रणमा रहेको छ ।
No comments:
Post a Comment