Pages

आरक्षमा बाघ संरक्षण अन्तरक्रिया

निजगढ १४ श्रावण/ बाघ सरक्षण दिवशको अवसरमा पर्सा पन्य जन्तु आरक्षले बाराको अमलेखगंज गाविसस्थित आधाभारमा शुक्रवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ...........
चुरियामाई मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष यमकुमार जर्घामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा आरक्षका सहायक संरक्षण अधिकृत गोपाल घिमिरे, जिल्ला वन कार्यालय बाराका प्रमुख रामानन्द साह, पर्सा वन्यजन्तु आरक्षका पशु चिकित्सक हरी बर्तौला र राष्टिय प्रकृति सरक्षण कोषदारा संचालित कार्यक्रमका वन्य जन्तु प्राविधिक कपिलप्रसाद पोखरेलले बाघ संरक्षणको महत्व बारे प्रकास पार्नु भएको थियो । सो अवशरमा सहायक अधिकृत घिमिरेले आरक्षमा हाल ४ वटा बाघ रहेको जानकारी गराउदै आगामी १० बर्षभित्र सो संख्या दोब्बर पार्ने लक्ष्य राखिएको जानकारी समेत दिनुभयो । कार्यक्रमका सहभागीहरुले बाघको संरक्षण गर्न जनचेतना अभिवृद्धि गर्नु पर्ने लगायत बास स्थानको संरक्षण, चोरी सिकारी र बाघका अङ्गहरुको व्यापार नियन्त्रण गर्नु पर्ने  कुरामा जोड दिएका थिए । कार्यक्रममा विभिन्न मध्यवर्ति सामुदायिक वन उपभोक्ता समुहका सदस्य, विद्यालयका इको क्लवका छात्रछात्र र स्थानीय संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment