टोलीले आज वीरगंजमा पत्रकार सम्मेलन गरी अभियानको उद्देश्य तथा भावी कार्यक्रमहरु बारे जानकारी सार्वजिनक गरेको छ । पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई त्यहा हुन सक्ने जोखिम तथा अवसरका बारेमा सचेतना जानकार गराउने, स्थानीय स्तरमा रोजगार प्रवद्र्धन गर्न सरोकारवालाहरुसंग सहकार्य, समन्वय र सम्बन्ध बिस्तार गर्ने, नेपालमा युवा रोजगारी बढाउनका लागि स्थानीय तहबाट सुझाव संकलन गरेर संकलित सुझावको राष्ट्रिय दस्तावेज बनाई सरकारलाई बुझाउने र सुझाव कार्यान्वयन गर्न दबाब श्रृजना गर्नु पनि अभियानको उद्देश्य रहेको छ । पत्रकार सम्मेलनमा तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्ष कृष्ण सिंह, तरुण दलका केन्द्रीय सचिव राधेश्याम चौरसिया, प्रगतिशिल युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष श्यामकृष्ण पाठक, मधेशी युवा फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य दुर्योधन पाण्डे, मधेशी युवा फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य महम्मद फिरोज मंसुर, सदभावना युवा मंचका केन्द्रीय अध्यक्ष दीपेन्द्र चौधरी, युवा संघ नेपालका केन्द्रीय सचिव सूर्य ढकाल र यंग कम्युनिष्ट लिगका केन्द्रीय सचिव आरसी शर्माले संचारकर्मीको जिज्ञासाको समाधान गरेका थिए ।

No comments:
Post a Comment