Pages

चस्मा बितरण कार्यक्रम सम्पन्न

हेटौंडा २ श्रावण/  हेटौंडा सामुदायिक आाखा अस्पतालले आज हेटौंडा ६ गौरीटारमा जनचेतना मुलक कार्यक्रम तथा सुरक्षा चस्मा बितरण कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार............



कार्यक्रममा चौघडा, चुच्चेखोला, हटिया, कमाने र नागस्वती लगायतका स्थानका सिकर्मी, डकर्मी तथा ग्रामिण भेगका मजदुरहरु सहभागी रहेका थिए । मानव जिवनको सबैंभन्दा महत्वपुर्ण अंगको रुपमा रहेको आखाालाई कसरी सुरक्षित गर्ने भन्ने बारे कार्यक्रममा जानकारी दिईएको थियो । ग्रामिण भेगमा रहेर दैनिक मजदुरी गर्ने सिकर्मी, डकर्मी तथा स्थानिय मजदुरहरुको आाखा सुरक्षित होस् भन्ने उद्येश्यले आाखा अस्पताल ले ३८ जना ग्रामिण भेगका मजदुरहरुलाई सुरक्षित चस्मा पनि बितरण गरेको हो । हेटौंडा सामुदायिक आाखा अस्पतालका प्रमुख डाक्टर बेन लिम्बु र आाखा अस्पतालका ओपिडी प्रमुख तुलसीप्रसाद चुाडाल ले आज एक कार्यक्रमका बिच सुरक्षित चस्मा बितरण गर्नुभएको हो । कार्यक्रमको संयोजन स्थानिय समाजसेवी ईन्द्रप्रसाद खतिवडाले गर्नुभएको थियो । आाखा अस्पताल ले बिभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत ४ सय भन्दा बढी मजदुरहरुलाई पनि सुरक्षित चस्मा बितरण गरिसकेको आाखा अस्पतालका ओपिडी प्रमुख तुलसीप्रसाद चुाडालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment