बीरगंज १४ श्रावण/ बीरगंजको अलखियामठ स्थित टवडेवाल धर्मशालामा लायन्स कल्व अफ बीरगंज तरुण र लायन्स कल्व अफ बीरगंज युथले आज संयुक्त रुपमा रक्तदान कार्यक्रमक आयोजना गरेको छ । ...........
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर श्रेष्ठले रक्तदान कार्यक्रमको उदघाटन गर्नु भएको थियो । लायन्स कल्व अफ बीरगंज तरुणका अध्यक्ष निशान्त लामिछाने तथा लायन्स कल्व अफ बीरगंज युथका अध्यक्ष मुनिन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा बीरेन्द्र कुमार साह, समिर डंगोल, सुनिल अग्रवाल, तारिख अंसारी, रमेश पण्डित, किशन रुगंटा, अस्मीता श्रेष्ठ, रोशन झा, बद्री अधिकारी लगायत ४१ जनाले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र बीरगंजमा रगतको अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको ट्रेजर बीरेन्द्र साहले बताउनु भएको छ । त्यसैगरि युथ कल्व बीरगंजले आज माईस्थान बिधापिठ माध्यमिक बिधालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । युथ कल्वका अध्यक्ष बिनय कुमार चौधरीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सुरज अग्रवाल, सुमन योङ्ग, गोपाल अग्रवाल, बिकी गुप्ता, प्रदिप साह, संगिता गुप्ता, मुन्नाबाबु साह लगायत २० जनाले रक्तदान गरेका थिए ।

No comments:
Post a Comment