Pages

शान्ति र संबिधानको कार्य समयमै पुरा गर्न नागरिक समाजको माग

बारा १४ श्रावण/ शान्ति र संबिधानको कार्य तोकिएकै समयमा पुरा गर्नुपर्ने माग गर्दै बारा नागरिक समाजको अगुवाईमा आज प्रमुख जिल्ला अधिकारीमार्फत संबिधान सभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ्गलाई एक ज्ञापनपत्र बुझाईएको छ । ..........
कलैया स्थित देवकीलाल धर्मशालाबाट निस्केको नागरिक समाज, सञ्चारकर्मी, मानवअधिकारकर्मी, पेशागत बिभिन्न संगठनको संयुक्त र्यालीले कलैया नगरपरिक्रमा गरी ज्ञापनपत्र बुझाएको हो । सहमतीय सरकार गठन गरी तोकिएकै समयमा शान्ति र संबिधानको कार्य पुरा गरी आम नेपालीलाई शान्तिसंग बाच्नपाउाने अधिकार सुरक्षित गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । संबिधान तथा निर्वाचन समाबेशी प्रणालीबाट देशका भाषभाषी , धर्म, लिङ्ग, हिमाल, पहाड, तराईमधेस बाट प्रतिनिधित्व हुनु आम नेपालीको लागि गौरबको बिषय भएको भए पनि यसलाई लत्याउने काम सभासदबाट भएकोमा हामी दु:खित भएको कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर दु:खको कुरा निर्वाचनको माध्यमबाट जनादेश प्राप्त संबिधान सभाले आफ्नो समयाधिभित्र जिम्मेवारी पुरा गर्न नसक्नु सभासद एवं मुख्य राजनीतिक दलहरुको अर्कमन्डयता र असक्षमता प्रमाणीत भईसकेको कुरा आम नागरिक समाजको बुझाई रहेको छ । दुई बर्षको संबिधान सभाको अवधि समाप्त भएर थप गरिएको एक बर्षको अवधि समेत समाप्त भै पुन: ३ महिनाको थप अवधि सकिनु एक महिना मात्र बाकी रहेको छ । संबिधान निर्माण बिषयलाई ओझेलमा पार्दै सरकार गठन ,प्रधानमन्त्री,  मंत्रि बनाउन दलहरु अलमलिनु, देशमा भ्रष्टाचार, अशान्ति बढन गई राज्यको कमजोर संयन्त्रको गलत फाईदा उठाउन बिभिन्न तत्व हाबि दुदै गएको कुरा जनताले महसुस गरेको छ । ज्ञापनपत्र बुझाएर भरत चोकमा कोण सभा गरी र्यालीको समापन गरिएको थियो । कोणसभामा सुखप्रसाद चौधरी, लक्ष्मी साह, प्रेमलाल चौधरी, निभा सिंह, बबिता जैसवाल, अनिता थापामगर लगायतकाले सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment