Pages

गाविस सचिवहरु संग अन्तक्रिया

हेटौंडा ८ श्रावण/ विकासका लागी सहकार्य रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जले आज गाविस सचिवहरु संग अन्तक्रिया गरेको छ । बाँकी समाचार........
रेडियो मकवानपुरले गााउको विकास र गाविस सचिवहरुको भुमिका बिषयमा आज गाविस सचिव हकहित संरक्षण केन्द्रका नव निर्वाचित कार्य समिती संग अन्तक्रिया गरेको हो । अन्तक्रियामा सहभागिहरुले सदरमुकाम मा रहेका सञ्चार माध्यमहरुले ग्रामिण पत्रकारिता गर्न नसकेको गुनासो गरेका छन् । उनिहरुले राजनैतिक र शहरका खबर लाई मात्र सञ्चार माध्यमले प्राथामिकता दिएको बताएका छन् । शहरमा बसेर गााउका समाचार लेख्दा कतिपय असत्य समाचारहरु पनि प्रकाशन/प्रशारण भईरहेको सहभागी हरुले बताउनुभयो । कार्यक्रममा गाविस सचिवहरुले ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, संञ्चार र चेतनाको अभाव भएको बताएका छन् । अन्तक्रियामा बोल्दैं गाविस सचिव हकहित संरक्षण केन्द्र मकवानपुरका अध्यक्ष बसन्त सिटौंलाले गााउ विकास समितीहरुमा शिक्षा, स्वास्थ्य र यातायातको सुविधा नपुगेको बताउनुभयो । अध्यक्ष सिटौलाले जिल्ला विकास समिती, जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय लगायतका सम्बन्धित सरोकारवाला कार्यालयहरुले गाविसहरुमा शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको सुविधा दिन नसकेको बताउनुभयो । उहाले राज्य ले ग्रामिण क्षेत्रलाई सधैं उपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा रेडियो मकवानपुरका प्रबन्ध निर्देशक कृष्ण अर्यालले रेडियो मकवानपुर सामुदायिक रेडियो भएकाले समुदायको विकास, हित र प्रगतीको लागी रेडियो संग सहकार्य गर्न गाविस सचिवहरु संग आग्रह गर्नु  भयो । अन्तक्रिया कार्यक्रममा गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष बसन्त सिटौंला, सचिव टेकनाथ काफ्ले, कोषाध्यक्ष बद्री सापकोटा र सदस्यहरु चुननारायण श्रेष्ठ, रबिन्द्र श्रेष्ठ, रघुनाथ हुमागाई, केदारप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रेडियो मकवानपुरका प्रबन्ध  निर्देशक कृष्ण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो मकवानपुरका निर्देशक दिनेश सिलवाल र स्टेसन म्यानेजर रिपेश दाहालले गाविस सचिव हकहित संरक्षण केन्द्र संग रेडियो मकवानपुर सहकार्य गर्न सदैंव तयार रहेको बताउनु भएको थियो । रेडियो मकवानपुरले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना पनि यक्त गरेको छ ।

No comments:

Post a Comment