Pages

हातपात गर्ने दुई पक्राउ

बीरगंज १३ श्रावण/ नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्ट डा. मुकेश चौरसिया माथि हातपात गरेको भन्दै अस्पताल बिकाश समिती कर्मचारी युनियनका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ............
मेडिकल सुपरिडेन्ट चौरसिया माथि अस्पताल बिकाश समितीका कर्मचारी युनियनका सचिव संतोष सिंहको नेतृत्वमा रहेका कर्मचारीले हातपात गरेका हुन । प्रहरीले सचिव संतोष सिंह र अस्पतालका कर्मचारी रामेशव कुर्मीलाई पक्राउ गरेको हो । रात्री सेक्टरमा काम गरेबापत भत्त्ता र नि:शुल्क औषधी उपलब्ध नगराएको बिषयमा कर्मचारी युनियनका पदाधिकारी र मेडिकल सुपरिडेन्ट चौरसिया बिच बिवाद हुदा हातपात भएको हो । सचिव संतोष सिंह, रामेशव कुर्मी हेमचन्द्र यादव र सिकेन्द्र साहले बिगत ३ महिना देखी रात्री डिउटीका कर्मचारीलाई भत्ता नपाएको भन्दै ध्यानाकर्षण गराउनु गरेका थिए । अस्पताल ब्यवस्थापनले पिछडीएका र बिपन्नबर्गाका बर्गका लागि औषधी मात्र नि:शुल्क सेवा सुबिधा गराउने गरेको र औषधी कर्मचारीलाई बितरण बन्द गरिएको जनाएको छ ।

No comments:

Post a Comment