बीरगंज १३ श्रावण/ मधेशी जनअधिकार फोरम गणतान्त्रीकका महासचिव आत्माराम साहले मधेशी नेताहरु ब्यक्तिगत स्वार्थमा डुबेका कारण मधेशका मुद्धाहरु ओझेलमा परेको बताउनु भएको छ । ...........
बीरगंज १६ मुर्ली स्थित आज बिहान पार्टी कार्यालयको उदघाटन गर्दै महासचिव साहले यस्तो बताउनु भएको हो । वहाँले मधेशी नेताहरु ब्यक्तिगत स्वार्थ र सत्ताको होडबाजीमा लागेका कारण मधेशका मुद्धाहरुको उपलब्धी शुन्य रहेको टिप्पणी गर्नु भयो । महासचिव साहले मधेशका मुद्धालाई राज्यबाट सम्बोधन गराउनका लागि मधेशका सम्पुर्ण राजनितीक दलहरु एक जुट भएर अगाडी बढनु पर्नेमा जोड दिनु भएको थियो । फोरम गणतान्त्रीकका महासचिव साहले यस पालिकाको बजेट मधेशीका लागि लाबदायक नरहेको तर्क गर्नु भयो । वहाँले मधेशमा पहाडी क्षेत्रलाई बढी लक्षित गरी रकम बिनीयोजन गरिएकाले यसपालीको बजेट पहाडी क्षेत्रका लागि मात्र लाबदायक भएको बताउनु भयो । फोरम गणतान्त्रीक पर्साका अध्यक्ष शशि कपुर मियाँको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सदभावना पार्टी पर्साका अध्यक्ष नेजामुदिन समानी, नेकपा संयुक्तका रामराजा प्रसाद जयसवाल, रामचन्द्र कुश्वाहा लगायतले आ आफनो मन्तब्य ब्यक्त गरेका थिए ।
No comments:
Post a Comment