Pages

स्मृती दिवसमा बृक्षारोपन कार्यक्रम

बीरगंज ६ श्रावण/ २९ औ बिपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले बीरगंजमा बृक्षारोपन परेको छ । बाँकी समाचार..........
बीरगंजको नगवा १९ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा नेपाली कांग्रेस पर्साले बृक्षारोपन गरेको हो । बीरगंज नगर कार्यसमितीले गरेको बृक्षारोपनमा सात परजातीका २ सय २१ वटा बिरुवा रोपिएको नगर सभापति महमद सहाबुदीले बताउनु भयो । नेपाली कांग्रेसका निवर्तमान सभापति राजेन्द्र बहादुर अमात्यले बिरुवा रोपेर कार्यक्रमको उदघाटन गर्नु भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य श्याम पोखरेल, नेपाली कांग्रेसका रामनारायण कुर्मी, महिला संघका अध्यक्ष राधा कार्की, क्षेत्रीय सभापतिद्धय श्याम पटेल, बिरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो । बिपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस पर्साले आइतबार बीरगंजको प्रगतीनगरमा रहेको जनजाती राष्ट्रिय प्राथमिक बिधालयमा स्वास्थ्य शिविर तथा औषधी बितरण कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

No comments:

Post a Comment