Pages

बिभिन्न संस्थाद्वारा रक्तदान कार्यक्रम
















बीरगंज ७ श्रावण/ सुर्य नेपाल प्रा.लि सिमराको सहयोग तथा सामुदायी सेवा केन्द्र तथा सामुदायी प्रहरी सेवा छपकैयाको संयुक्त आयोजनामा रक्तदान तथा समसामायिक बिषयक अन्तरकृया कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ । बाँकी समाचार..........
बीरगंज छपकैयास्थित ताराचन्द्र किशनलाल माध्यमिक बिधालयमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सामुदायी सेवामा काम गर्ने प्रहरी र भन्सार क्षेत्रमा खटने प्रहरी अब सम्मान आधिकार रहित काम गर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गौतमले पर्सा जिल्लामा अपराधिक गतीबिध एवम् तस्करी, चोरी, डकैटी नियन्त्रण गर्नमा सामुदायीक सेवाको ठुलो योगदानको आवश्यक रहेको भन्दै प्रहरी एकलै केही गर्न नसक्ने गौतमको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गौतमले समाजलाई शिक्षा, स्वास्थ्य क्षेत्रमा चेतनाको आवश्यक्ता रहेकोले यसलाई निरन्तरता दिन बिभिन्न संघ संस्थाहरु लागी परेकोमा त्यसको सरहनीय योगदान रहेको ठान्नु पर्छ भन्नुभयो । पर्साका प्रहरी उपरिक्षक रमेश खरेलले रक्तदान जस्ता समाजिक कार्यहरु एक ठाउमा मात्र नगरेर पर्सा जिल्लाको सम्पुर्ण ठाउमा गर्नु आवश्यक रहेको बताउनु भयो । सामुदायी प्रहरी सेवा केन्द्रबाट आफुले धेरै पाठ सिखेकाले सामुदायी सेवा धन्यवादको पत्र रहेको भन्दै प्रहरी उपरिक्षक खरेलले आफनो प्रहरी संगठनबाट संधै सहयोग गर्दै लैजाने प्रतिब्धता जनाउनु भयो । प्रहरी जनताका सेवक हुन प्रहरीहरु जहिलेपनि अपराधि गतिबिधीलाई नियन्त्रण गर्न चुस्तदुरुस्त रहि काम गर्नु पर्ने बताउनु भयो । सुर्य नेपाल प्रा.लिका प्रबन्धनिर्देशक प्रभाकर बिक्रम शाहले सामुदायी प्रहरी सेवा छपकैयालाई एक थान कम्प्युटर सहयोग प्रदान गर्नु भएको थियो । समाज सेबी डा.श्याम सुन्दर दासको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहमद मियाँ, नेपाली सेनाका मेजर राजेन्द्र बोहरा, सशस्त्र प्रहरी नायब उपरिक्षक कृष्ण कोईराला, उधोगपति जगदीश अग्रवाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । त्यसैगरि बीरगंजको आदर्शनगर स्थित टवडेवाल धर्मशालामा लायन्स कल्व अफ बीरगंज आदर्शनगरले रक्तदानको आयोजना गरेको छ । रक्त संचार केन्द्र बीरगंजमा रगतको अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । लायन्स कल्व अफ बीरगंज आदर्शनगरका संयोजक लायन्स प्रकाश बाहितीको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा केशव मारु, देवेन्द्र उपाध्याय, बिरेन्द्र शर्मा, रोशन अधिकारी, संदीप राज रेगमी, चन्द्र शेखर यादव लगायत २३ जनाले रक्तदान गरेका थिए । 

No comments:

Post a Comment