Pages

मोर्चाका नेताहरुले सरकारमय जानलाई मात्र वजेट अवरोध गरेको : अध्यक्ष यादव















बीरगंज १० श्रावण/ मधेश तराई फोरमका केन्द्रिय अध्यक्ष अमर यादवले संविधान सभाको म्याद सवा तीन वर्षविति सक्दा पनि प्रमुख दलहरुले संविधान सभाको ड्राफट तैयार नगरेको आरोप लगाउनु भएको छ । ...............
रिपोर्टस क्लब पर्सा शाखाले आज वीरगजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो आरोप लगाउनु भएको हो । उहाले सविधान बनाउनका लागि दुई वर्ष म्याद थप्दा सविधान नबनेकोले थपिएको एकवर्षमा समेत सविधान निर्मान गर्न नसकेपछि गत जेष्ठ १४ गतेराती तीन महिला भित्र सविधान सभाको मस्यौदा तैयार गर्न समय थपिएपनि प्रमुख दलहरुले मस्यौदामा ध्यान नदिए मात्र ५ बुन्दे समहमतीलाई लिएर मन्त्री बनाउने र गिराउने खेलमा लागिपरेको आरोप लगाउनु भएको हो । उहाले यस्तै रवैया रही रहे भदै १४ गते भित्र समेत सविधान सभाको मस्यौदा तैयार हुन नसक्ने दावी समेत गर्नुभयो । अध्यक्ष यादवले मोर्चाका नेताहरुले सरकारमय जानलाई मात्र वजेट अवरोध गरेको भन्दै मोर्चाले उठाएको मुद्धालाई अर्थ मन्त्री भरतमोहन अधिकारीले बजेटमा नसमेटि बजेट भाषण गरेको प्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाले सरकारमा जानलाई मात्र मोर्चाले मधेशको मुद्धालाई बाटो बनाउन खोजेको उनको आरोप थियो । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ५२ शहिद मधेशी मध्ये ४० जनालाई सरकारले शहिद घोषणा गरेको तर १२ जना मधेशीलाई शहिद घोषणा हुनुपर्ने अध्यक्ष यादवले बताउनु भयो ।

No comments:

Post a Comment