Pages

तालीमलाई सदुपयोग गरे आय आर्जनमा मदत पुगने : प्रजिअ गौतम















बीरगंज १० श्रावण/ नेपाल नागरिक समाज, एकल महिला नागरिक संघ, नेपाल मुस्लिम महिला संघ र महिला जागरण समुहको संयुक्त आयोजना एक महिने मेहदी तालीम, बेतवाँस हस्तकला र सिलाई कटाई समबन्धी तालीम आज बीरगंज स्थित जिल्ला बाल कल्याण समितीको सभाकक्षमा सम्पन्न भएको छ ।   ..............
तालीममा सहभागी ९२ जना महिलाहरुलाई पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम एवम् अतिथीहरुले प्रमाण पत्र बितरण गर्नु भएको थियो । त्यसैगरि नेपाल मुस्लिम महिला संघले प्रौढ मुस्लिम महिला शैक्षिक कार्यक्रम अन्तरगत जिउ मास्ने बेच्ने एवम चेली बेटी बेच बिखन बारे जनचेतना मुलक कार्यक्रमको उदघाटन आज एक समारोहका बीच बीरगंजमा सम्पन्न भएको छ । कार्यक्रमको उदघाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले तालीमलाई सदुपयोग गर्दै आफनो आय आर्जनलाई सहयोग पुर्‍याउनमा मदत गर्ने भएकाले यसलाई ब्यवहारमा उतार्न आग्रह गर्नु भयो । तालीममा सिखेका सिप मुलक कार्यलाई सदुपयोग गर्दै समाजमा सहकार्य गर्न आग्रह गर्दै यस्ता तालीमले गरिबी निवारणलाई न्युनिकरण गर्न ठुलो मदत पुर्‍याउने बताउनु भयो । महिला नागरिक समाजका अध्यक्ष शेख चाँद ताराको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक खमेश खरेल, हयुमेन राइर्टसका प्रमुख अधिवक्ता मन्सुर बाबु, मेधशी जनअधकिार फोरम गणतान्त्रीकका अध्यक्ष शशि कपुर मियाँ लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment