बीरगज ५ श्रावण/ नेपाल पत्रकार महासंघ पर्साले प्रहरी ज्यादती विरुद्धमा प्रहरी उपरिक्षक रमेश खरेललाई आज ज्ञापन पत्र बुझाएको छ । बाँकी समाचार.........
हिजो साँझ मोटरसाईकल पार्किगंको बिषयलाई लिएर राष्टिय फोटो पत्रकार समुहका केन्द्रीय सदस्य राम सरार्फलाई प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव साहको नेतृत्वमा गएको टोलीले शान्ति सुरक्षाको माग गर्दै प्रहरी उपरिक्षक खरेललाई समुहका महासचिव पंकज श्रेष्ठले ज्ञापन पत्र बुझाएको हो । प्रहरीको कुटाईबाट पत्रकार सरार्फको दाहिने र बाया हातमा नराम्ररी निलदाम बसेको छ । त्यसोत कुनैपनि सुधारको काम गर्नुभन्दा पहिले सर्वसाधारण जनतालाई लिखित तथा मौखिक जानकारी गराउनु पर्ने हुन्छ । तर जिल्ला प्रहरी कार्यालयले त्यस्तो कुनै जानकारी विना नै एक्कासी मोटरसाइकल पार्किर्ग गरी राखेको स्थानमा आई हावा खुस्काउन थालेपछि विवाद बढेको थियो । सोही क्रममा पत्रकार सरार्फले त्यसो नगर्न आग्रह गर्दा समेत एसपी साहेबको आदेश हो भन्दै हावा मात्रै खुस्काएनन् आग्रह गर्ने पत्रकारमाथि नै अन्धाधुन्ध लाठी प्रहार गरी घाइते बनाए । घटनाको विरोधमा राष्टिय फोटो पत्रकार समुह पर्साका अध्यक्ष राजु श्रेष्ठ, क्रियाशील युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार, मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष श्रीराम रायमाझी, आम संचार मंच फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम, प्रेस चौतारीका शयाम बन्जाराले पनि दोषी प्रहरीलाई कार्वाही र पत्रकारहरुको शान्ति सुरक्षाको माग गर्दै छुटाछुटै ज्ञापन पत्र बुझाएको छ ।


No comments:
Post a Comment