बीरगंज ५ श्रावन/ नेपाल टेलिकम दुर संचार कार्यालयका कर्मचारीहरुले टेलिकम कार्यालय परिसरमा रक्तदान गरेका छन् । बाँकी समाचार.........
नेपाल टेलिकम वर्कस युनियनको २० औं बार्षिकोत्सव समारोहमा आयोजित रक्तदान कार्यक्रम युनियनका इकाई अध्यक्ष रामकष्ण मल्लीक कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो । रक्तसंचार केन्द्र वीरगंजमा रगतको अभाव देखिएको हुदा त्यसलाई मध्यनजर गर्दै बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको युनियनका क्षेत्रीय अध्यक्ष सुरेश रौनियारले बताउनु भएको छ । रक्तदान गर्नेहरुमा रामबलि शाह, उमा गौतम, दिवाकर मिश्र, मुन्ना राउत, शेख कनैम, अजय कुमार यादव, केशवलाल पटेल, संजिव मान्नधर, कृष्ण कुमार यादव लगायत २५ जनाले रक्तदान गरेको बताइएको छ ।

No comments:
Post a Comment