काठमाडौ, ४ साउन/ निर्वाचन आयोगले तेस्रो पटक फेरि श्याम सुन्दर गुप्ताले नेतृत्व गरेको नेपाल सदभावना पार्टी आनन्दीदेवीलाई आधिकारिकता दिएको छ । बाँकी समाचार...........
साउन ३ गते मंगलबार हिजो निर्वाचन आयोगले विभाजित हुनु अघि कायम रहेको २१ सदस्यीय केन्द्रीय कार्य समितिमा गुप्ता पक्षको बहुमत देखिएकोले यसअघि २०६७ साल बैशाख २७ गते आयोगले गरेको सो पार्टीको नाम, झण्डा, विद्यान र चुनाव चिन्ह गुप्ता समूहले पाउने गरी गरेको निर्णयलाई सदर गरेको हो । निर्वाचन आयोगले सोही नामबाट पार्टी चलाईरहेका सरिता गिरी र खुसिलाल मण्डललाई नयाा पार्टी खोल्न १५ दिनको समयसिमा समेत दिएको छ । गुप्ताले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी गराएको हो । आयोगले गुप्ता समूहलाई दिएको मान्यता सर्वोच्च अदालतले २०६७ साल माघ २७ गतेको उत्प्रेशषण आदेश बदरगरी प्रयाप्त विवेचना गरी पुन निर्णय गर्नु भनि दिएको आदेश बमोजिम निर्णय भएको निर्वाचन आयोगले गरेको आधिकारिकता सम्बन्धी निर्णयमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै गुप्ताले सरिता गिरी आफू नेतृत्वको पार्टीमा बस्न चााहे उनको सभासद पद कायम राख्ने प्रतिवद्धता ब्यक्त गर्दै अन्यथा सभासद पदबाट हटाउने चेतावनी दिए । आफूले आधिकारिकता पाएसागै सर्वोच्च अदालतको आदेशमा गुमेको सभासद पद बहाली हुने निश्चित भएको भन्दै सो विषयमा अदालतमा रहेको विचाराधिन मुद्दा आगामि साउन २० गतेसम्म फैसला नभए आफूले पुन रिट हाल्ने चेतावनी दिए । पार्टीको निर्णयबाट आफू सात दलिय सहमतिमा मन्त्री परिषदबाट सभासद पदमा मनोनयन भएको भन्दै आफूसागै मन्त्री परिषदले नियूक्त गरेका अन्य पच्चिस जनाको पद खारेज हुनु पर्ने वा आफ्नो पनि पुर्नबहाली हुनु पर्ने जिकिर गरे । उनले सर्वोच्च अदालतले आफै प्रस्तावक र आफै निर्णय कर्ता भएकोले सभासद पद नरहने आदेश दिएकोले बााकी २५ जनाको पद पनि खारेज हुनु पर्ने जिकिर गरे । सर्वोच्च अदालतमा बहस हुादा माओवादी र एमालेले आफूलाई सिफारिस नगरेको भनि पत्र पठाएर सात दलमा भएको सहमतिको उल्लघन गरेको आरोप लगाउादै पार्टीबाट सिफारिस भएर सात दलको सहमतिमा आफू सभासद पदमा मनोनयन भएको प्रमाण पत्रकार सम्मेलनमा प्रस्तुत गरेका थिए । उनले आफूलाई सभासद पदबाट हटाउन गरेको सर्वोच्चको आदेश स्वेच्छाचारी भएको भन्दै त्यस प्रति दुख ब्यक्त गरेका थिए ।
No comments:
Post a Comment