बीरगंज ४ श्रावण/ सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुको समुहले पर्साका सरकारी कार्यालयहरु बन्द रहेको आहवान गरेपनि कार्यालयहरु पुर्ण रुपमा सुचारु रहेका छन । बाँकी समाचार.........
निजामती कर्मचारी संघ संगठनहरुले तलब, भत्ता र अन्य सेवा सुबिधाको बृद्धी लगायतका १९ सुत्रीय माग अघी सार्दै पर्सा जिल्लाका सरकारी कार्यालयहरु बन्द गर्न आहवान गर्दै हिडेका छन । निजामती कर्मचारी संघ संगठनहरुले अनिश्चीतकालीन हडताल आहवान गरेता पनि जिल्ला बन कार्यालय, मलपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, भुमि सुधार कार्यालयहरु सुचारु नै रहेका छन । सरकारले हालै बजेट भाषण मार्फत तलब बृद्धी गरेकोमा असन्तुस्टी जनाउदै थप सेवा सुबिधाको माग सहित कर्मचारीहरुको एउटा समुह हिजो देखी अनिश्चीतकालीन हडतालमा उत्रिएको छ । १९ सुत्रीय माग पुरा नभए सम्मका लागि हडताल जारी राख्ने नेपाल राष्ट्रिय निजामती कर्मचारी संघका जिल्ला उपाध्यक्ष बिनोद कुमार चौधरीले बताउनु भएको छ ।
No comments:
Post a Comment