Pages

सरकारले दिएको निर्देशनको कार्यान्वयन भएन्

हेटौंडा ४ श्रावण/ देशभर राजमार्गमा भएका ढााटहरु हटाउन सरकारले दिएको निर्देशनको मकवानपुरमा कार्यान्वयन हुन सकेको छैन् । बाँकी समाचार...........
नेपाल सरकारले साउन १ गतेबाट लागु हुने गरी राजमार्गमा बिभिन्न कर संकलन गर्ने नाममा राखिएका ढााटहरु हटाउन स्थानिय प्रशासनलाई निर्देशन दिएको थियो । तर मकवानपुर जिल्लामा भने कार्यान्वयन हुन नसकेको भन्दैं अखिल नेपाल यातायात मजदुर संघ मकवानपुरले प्रहरी/प्रशासनको ध्यानाकर्षण गराएको छ । मजदुर संघले आज एक प्रेश बिज्ञप्ती जारी गर्दै छिमेकी जिल्लाहरुमा सडकमा रहेका ढााटहरु हटाई सक्दा पनि मकवानपुरमा भने ढााट हटाउने सम्बन्धमा कुनैं पहल नभएकोमा आपत्ती जनाएको छ । कानुन र नियमको पाठ सिकाउने प्रहरी प्रशासनले नैं यसरी सरकारको निर्देशन पालना नगर्नु रहस्यम कुरा भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यातायात मजदुर संघका अध्यक्ष रामशरण कार्कीले आज एक बिज्ञप्ती जारी गर्दै सडक कर भन्दैं नवलपुर, बसपार्क र रातोमाटेमा अबैंधानिक ढंगबाट रकम असुली भईरहेको मा बिरोध जनाउनुभएको छ । बिज्ञप्तीमा जिल्ला विकास समिती र बिभिन्न संघ/संस्थाको नाममा  ढााट राखी कर असुली भईरहेको प्रती प्रशासनलाई ध्यानाकर्षण गराईएको छ ।

No comments:

Post a Comment