बीरगंज २८ असार/ तराई मधेसको जिल्लामा बिगत केही दिन देखी भईरहेको अनियमित तथा असोभनिय कार्यले तराई मधेसको जिल्ला बदनाम भएकोमा नेकपा एमाले निकट युवा संघ नेपाल जिल्ला कमिटि बाराले चिन्ता व्यक्त गरेको छ । बाँकी समाचार........
नियम कानुनको खिल्ली उडाउने, जे मन लाग्यो त्यही काम गर्ने कार्य दिनदिनै बढदै गईरहेकोले सम्पुर्ण तराई मधेसबासी बदनाम भएको कुरा यहा व्यापक रहेकोमा संघले दुख व्यक्त गरेको छ । यसै क्रममा यस्ता समस्यालाई न्युनिकरण गर्ने काम गरीरहेको कलैयाको ट्राफिक प्रहरीलाई सधन्याबाद सहित यस्ता कामलाई निरन्तरता दिन आग्रह समेत गरेको छ । ट्राफिक नियम नजानेर अथावा जानेर पनि ट्राफिक नियम नमान्नेलाई सल्लाह सुझाव दिने कलैया ट्राफिक प्रहरीलाई सहायोग गर्न सबैमा आग्रह समेत गरेको छ । साथै युवा संघका सम्पुर्ण नेता तथा कार्यक्रर्तालाई नियम कानुनलाई पालना गर्न समेत गरिएको संघका अध्यक्ष ध्रुव यादवद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
No comments:
Post a Comment