बीरगंज २८ असार/ युथ भिजन नामक समाजिक संस्थाले उपचार केन्द्रमा रहेका लागु पदार्थ सेवन कर्ताहरुको ब्यक्ति बिकाशको लागि सहयोग गर्न बिभिन्न संघ संस्था संग आग्रह गरेका छन । बाँकी समाचार........
युथ भिजनले आज बीरगंजमा आयोजना गरेको पत्रकार संगको अन्तरकृयामा सो कुरा बताइएको हो । अन्तरकृया कार्यक्रममा लागु पदार्थ प्रयोग कर्ता लागु पदार्थ उपचार केन्द्रमा बसी सकेपछि उनीहरुको ब्यक्तित्व बिकाश तथा आय आर्जन मुलक तालीम बृद्धिले समाजको स्थापना गर्नु पर्ने उद्देश्यका साथ अन्तरकृया कार्यक्रमको आयोजना गरिएको युथ भिजनका परामर्श दाता राजिव रिजालले बताउनु भयो । उहाँले पर्सा जिल्लामा आय आर्जन मुलक तालीम संचालन गर्ने संघ संस्था संग लागु पदार्थ सेवन कर्तालाई तालीमको अवसर प्रदान गरि समाजमा पुन: स्थापना गर्न आग्रह गर्नु भयो । उहाँले आफनो संस्थाले बिजाम उपचार केन्द्रले युथ भिजन उपचार केन्द्रबाट आएका पुर्व लागु पदार्थ प्रयोग कर्ताहरुलाई ब्यक्तित्व बिकाश र आय आर्जन तालीम पश्चात केही प्रयोग कर्ताहरुले रोकथाम समेत गरि रहेको बताउनु भयो । उहाँले १ बर्षमा ३ वटा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अन्तरकृया कार्यक्रममा भिजनका लेखा सहायक धिरज शर्मा, समादुयीक कार्यकर्ता गौरव वर्मा लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment