एम्बुसमा परी गम्भीर घाइते
वीरगंज २९ असार/ अमरपट्टी गाबिसमा बुधबार बिहान एम्बुस बिष्फोटमा परी एक जना गम्भिर घाइते भएका छन् । बाँकी समाचार...........
घाइते हुनेमा अमरपट्टी ३ का २८ बर्षिय पप्पु चौरसिया रहेका छन् । अमरपट्टी २ मा बिहान साढे ५ बजे उक्त बिष्फोट भएको हो । चौरसिया ना २ प ३१०३ नम्बरको आफ्नो मोटरसाइकलबाट बिन्दवासिनी तर्फ आउदै गरेका थिए । शरिरको बिभिन्न भागमा बमको छर्रा लागेर गम्भिर घाइते भएका चौरसियालाई उपचारार्थ वीरगंजको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । बिष्फोट भएको स्थानभन्दा केही दुरीमै रहेको अर्को कुकर बम बिष्फोट नभएको र उक्त बम सशस्त्र प्रहरी बेस क्याम्प इटियाहीबाट आएका सशस्त्र प्रहरीले आफूसंगै लगेका छन् । यता अखिल तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज पृथ्वी सिंहले बिष्फोटको जिम्मेवारी लिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment