Pages

चरेस सहित महिला पक्राउ

बीरगज ७ श्रावण/ पर्सा प्रहरीले चरेस सहित एक जना महिलालाई आफनो नियन्त्रणमा लिएको छ । बाँकी समाचार.......
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टोलीले सुराकीको आधारमा वीरगंज उपमहानगरपालिका वडा नम्बर १३ रानीघाटबाट मुन्नी खातुनलाई १० किलो चरेस सहित प्रकाउ गरिएको प्रहरी नायव उपरिक्षक रविन्द्र केसीले बताउनु भयो । बाराको मझवलीया घर भई हाल वीरगंज १३ रानीघाट डेरा गरी बस्सो बास गर्दै आएकी खातुनलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरीरहेको नायब उपरिक्षक केसीले बताउनु भयो । यसैगरी गएराती बसपार्क प्रहरी चौकीले करिब २ लाख ५० हजार मुल्यको अबैध कपडा आफनो नियन्त्रणमा लिएको छ । कुर्तासुवार, साडी, सुटिङ्घ सटिङ्घका कपडाहरु भारतको रक्सौलबाट तस्करी गरी महिलाहरुले हेटौडा लग्दै गरेको अवस्थामा बसपार्क चौकबाट आफनो नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईएको बसपार्क चौकीका प्रहरी नायब निरिक्षक नागेन्द्र राय यादवले बताउनु भयो ।

No comments:

Post a Comment