बीरगंज ५ श्रावन/ पर्साको महादेवपट्टी गाबिस वडा नम्बर ९ भवानीपुर गाँउ नजिकबाट गएराती प्रहरीले गाँजा सहित तस्करहरुलाई नियन्त्रणमा लिएको छ । बाँकी समाचार.........
प्रहरी चौकी बलुवाको गस्ती टोलीले १३ वटा पोकामा रहेको गाँजा र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तरगत पर्ने पश्चिम चम्पारण मर्चहवा गाउ निवासी कन्हैया मुसहर, मधुवनी रंगलही निवासी रामाकान्त राम र मधुवनी गदियानी निवासी दिनेश यादव रहेका छन । प्रहरी चौकी बलुवाका प्रहरी साहायक निरीक्षक हरेराम यादवको नेतृत्वमा रहेको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका तीनै जना भारतीय नागरिकहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

No comments:
Post a Comment