सिमरा, १४ साउन/ हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमरा बाराको तीन दिने संस्था व्यवस्थापन तालीम आजबाट शुरु भएको छ । .............
हातेमालो शिक्षा उपसमिति तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा सञ्चालित तालीमको उदघाटनसंस्थाका अध्यक्ष कृष्ण पौडेलले पानसमा बत्ती बाली गर्नु भएको हो । तालीम उदघाटन समारोहमा पूर्व जिविस सदस्य सुन्दर विश्वकर्मा, संस्थाका लेखा समिति संयोजक डम्मरमणी लिम्वु, संस्थाका उपाध्यक्ष विनोद कलवार, नेफ्स्कुनका वरिष्ठ तालीम अधिकृत रामबाबु आचार्य, पथलैया विकास संघका अध्यक्ष पेशल मुल्मीलगायतको उपस्थिति रहेको थियो । शिक्षा समिति संयोजक सीता गुरुङको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहको सञ्चालन व्यवस्थापक महेश ढुङ्गेल र स्वागत कोषाध्यक्ष शिव वाग्लेले गर्नु भएको थियो । तालीममा सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, कर्मचारीहरु, शेयर सदस्यहरु गरी ३५ जनाको सहभागिता छ । तालीममा संस्थाको व्यवस्थापन प्रभावकारी बनाउने र वृहत रणनीतिक योजना तर्जुमा गरिने संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताउनु भयो ।
No comments:
Post a Comment