Pages

नवयुवराजको जन्मोत्सव मनाइयो

















बीरगंज १४ श्रावण/ नवयुवराज हृदेन्द्र बीर बिक्रम शाहको १० औ शुभ जन्मोत्सवको अवसारमा आज बीरगंजमा र्‍याली निकालीएको छ । ..............
राष्ट्रिय सरोकार मंच नेपालको आयोजनामा बीरगंजको घण्टाघरबाट निकालीएको र्‍याली माइस्थान, आदर्शनगर, अलखिया हुदै पुन: घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागि ब्यक्तिहरुले राज संस्था अमर रहोस, नवयुवराज जिन्दावाद,  संबिधान ४७ लागु गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सरोकार मंच नेपालका नारायणी अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा शिव शंकर साह, भागमनी देवी, बबिता सिंह, सुनिल यादव, बिरेन्द्र साह तेली, फुलचन्द्र चौहान, छोटेलाल राम लगायतकाले राज संस्थाकाबारेमा प्रकाश पार्दै नवयुवराज प्रति शुभकामना ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment