Pages

माओवादी मन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराउने एमाले मन्त्रीको खुलासा

काठमाडा १२ श्रावण/ सरकारमा एमालेका तर्फबाट सहभागी सिचाई मन्त्री रघुवीर महासेठले माओवादीका तर्फ सिफारिस नेताहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सपथ गराउने खुलासा गरेका छन् । .............
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने–सरकारमा पार्टीका तर्फबाट सहभागी कसलाई फिर्ता बोलाउने कसलाई पठाउने भन्ने कुरा माओवादीको अधिकारको कुरा हो । यसलाई मान्दिन भन्नु गैर जिम्मेवार कुरा हो । सरकारबाट फिर्ता बोलाउने र पठाउने अधिकार माओवादीको अधिकारमा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै प्रधानमन्त्रीले पनि आफ्नो विषेस अधिकारको प्रयोग गरी सपथ गराउनु पर्ने धारणा उनले राखे । एमालेले पनि सपथको विपक्षमा नरहेको स्पष्ट पार्दै केवल प्रतिपक्षीको सर्मथनमात्र लिन खोजेको दावी गरे । काग्रेस र माओवादी वीच सहमतिको सरकारको साझा उमेदवार तय नभएसम्म प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा राजिनामा नदिने दावी गर्दै प्रधानमन्त्रीले राजिनामा दिए शान्ति र संविधान निर्माणको कार्य प्रभावित हुने चेतावनी दिए । काग्रेसले पााच बुादे सहमतिको गलत ब्याख्या गरेको आरोप लगाउादै पााच बुादे भित्र सहमतिको विकल्पपछि प्रधानमन्त्रीले राजिनामा दिने कुरा भएकोमा काग्रेसले त्यसलाई विर्सेको दावी गरे । क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले प्रधानमन्त्रीको मुद्दालाई अगाडि बढाएर शान्ति र संविधानको मुद्दालाई काग्रेसले ओझेलमा पारेको भन्दै काग्रेसले संसदमा गरिरहेको अवरोध उसैकोलागी प्रत्यूत्पादक हुने चेतावनी दिए । साक्षात्कारमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एपी साउदले प्रधानमन्त्रीको राजिनामा नआएसम्म काग्रेसले संसद अवरुद्ध पारिरहने दावी गर्दै प्रधानमन्त्रीले राजिनमा दिने बेलामा मन्त्री परिषद विस्तारको प्रस्ताव यहि सरकारलाई स्थायी बनाउने षडयन्त्र भएको आरोप लगाए । उनले काग्रेसले राष्ट्रिय सहमतिको सरकारकोलागी पार्टी बाट नेतृत्वको विकल्प दिने स्पष्ट पार्दै बरिष्ठ नेता शेरबहादुर देउवालाई सहमतिको सरकारको नेतृत्वकोलागी प्रस्तुत गर्ने दावी गरे। उनले भने– बरिष्ठ नेता शेरबहादुर देउवालाई पहिलादेखिनै हामिले प्रधानमन्त्री बनाउन चाहेका थियौ । अब उहाालाई नेतृत्व दिएर सहमतिको बातावरण काग्रेसले बनाउछ । साउदले पार्टीभित्रको बैद्यानिक अभ्यासबाट राष्ट्रिय राजनीतिकालागी देउवालाई संसदीय दलको नेता बनाउने स्पष्टपारे । साक्षात्कारमा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देब गुरुङले सरकारलाई समावेशी बनाउन माओवादीले पठाएका मन्त्रीहरुलाई सपथ नगराए त्यस्को गंभिर मुल्य चुकाउनु पर्ने चेतावनी दिए । उनले एमालेले आफ्नो पार्टी समावेशिता, समानुपातिक  प्रतिनिधित्वको विरोधी भएको घोषणा गरेको अवस्थामा मात्रै सरकारमा सहभागिताकालागी पठाएका नाम फिर्ता लिने घोषणा गरे । उनले माओवादीका तर्फबाट सरकारमा मन्त्री थप्ने भन्दा पनि समानुपातिक सहभागिताको मुद्दा भएको भन्दै प्रधानमन्त्रीले सपथ नगराए एमालेभित्रकै महिला, जनजाती, मधेसीले विद्रोह गर्ने चेतावनी दिए । उनले भने–हामिलाई विश्वास छ प्रधानमन्त्री ७० प्रतिसत महिला, जनजाती र दलितको  विपक्षमा जानु हुन्न । उनले १० वर्षे जनयूद्धबाट स्थापित समानुपतिकताको माओवादी नीति भएकोले यो विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्दै एक दिनकोलागी भए पनि सपथग्रहण हुनै पर्ने जिकिर गरे । उनले संयूक्त सरकारमा कसलाई पठाउने र कसलाई फिर्ता बोलाउने भन्ने विषयमा माओवादीको अधिकार भएको भन्दै प्रधानमन्त्रीले काग्रेस सहित विभिन्न दलहरुसाग गरिरहेको छलफल संयूक्त सरकारको मान्यता विपरित भएको आरोप लगाए । उनले भने–प्रधानमन्त्रीले जे गरिरहनु भएको छ त्यसको हामि विरोध गर्छौ । सरकारमा कसलाई पठाउने र फिर्ता बोलाउने भन्ने कुरा अरु कसैले निर्धारण गर्ने कुरा होईन । राष्ट्रिय सहमतिकोलागी आफूहरु तयार रहेको बेला यसको विरुद्धमा प्रमुख प्रतिपक्षले संसद अवरुद्ध गरेको प्रति लक्षित गर्दै गुरुङले पााच बुादे र शान्ति सम्झौताको नाममा समानुपातिकतालाई ओझेलमा पार्ने काम गरेको आरोप लगाए ।

No comments:

Post a Comment