Pages

हत्यामा संलग्न यादव सहित अबैध हातहतियार प्रहरीद्वारा पक्राउ















बीरगंज ११ श्रावण/ जिल्ला प्रहरी कार्यालय पर्साले बेगलाबेगलै २ वटा हत्याकाण्डमा संलग्न दुई जनलाई पक्राउ गरेको छ । .................
पर्साको महुवन गाबिस कांग्रेसका कार्यकर्ता फुलचन साहको हत्याका फरार अभियुक्त मध्ये अशेश्वर यादवलाई ठुलो परिमाणको हतियार सहित आज बिहान महुवनको गाबिस वडा नम्बर ३ स्थित उनको घरबाट पक्राउ गरेको छ । कांग्रेस कार्यकर्ता फुलचन साहको राजनितीक रिसिबीका कारण अशेश्वर यादव सहित ३ जना संलनतामा २०६४ साल भदौ ७ गते हत्या गरिएको अभियोगमा पर्सा जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । यादव मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका कार्यकर्ता रहेका छन । प्रहरीले यादवको घरबाट एउटा २ नाले १२ बोरको बन्दुक, टोटा ६९ राउण्ड, अमेरिकामा निर्मीत स्वचालीत पेस्तोल एउटा त्यसका लागने २ वटा गोली र एयरगनमा प्रयोग हुने छरा २ प्याकेट बरामद गरेको छ । प्रहरी हिरासतमा रहेको यादवले आफुले जिल्ला प्रशासन कार्यालयबाट स्बीकृती लिएर हतियारहरु प्रयोगमा ल्याएको दावी गर्नु भएको छ । प्रहरीले दुई नाले बन्दुकको स्बीकृती लिएको भएपनि यादवले पेस्तोल राख्नका लागि कुनै स्बीकृती नलिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रमेश खरेलले बिभिन्न अपराधिक घटनाका फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान शुरु गरिएको जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment