बीरगंज ७ श्रावण/ बीरगंज जेसीजका पुर्व अध्यक्ष दिनेश आचार्यको सम्झनामा पर्यटन बिकाशको लागि युवाको नेतृत्व बिषयक एक दिने वक्तृत्वकला प्रतियोगिता आज बीरगंजमा सम्पन्न भएको छ । बाँकी समाचार.......
जिल्ला बाल कल्याण समितीको सभाकक्षमा आयोजित कार्यक्रममा बीरगंजका ५ वटा कयाम्पसका ९ जना छात्रछात्राहरुले भाग लिएका थिए । प्रतियोगितामा कलेज अफ म्यानेजमेन्टका छात्रा पुजा शर्मा प्रथम, सोही कलेजका छात्र बिमलेश शर्मा द्धितीय र हरि खेतान कलेजका छात्रा सुनैना गुप्ता तृतीय भएका हुन । प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी जेसी पुर्व अध्यक्ष मोहन प्रधानले पुरस्कार बितरण गर्नु भएको थियो । बीरगंज जेसीजका अध्यक्ष बिजयराज कर्णीकारको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष पशुपति बिक्रम शाह, सिनिएटर निशान्त लामिछाने, गणेश श्रेष्ठ, जेसी पुर्व अध्यक्ष अमित श्रेष्ठ, उषा शाह लगायतकाको सहभागिता रहेको थियो । प्रतियोगितामा निर्णायक तर्फ बिनोद गुप्ता, उत्तम अधिकारी र लक्ष्मण थापा रहनु भएको थियो ।

No comments:
Post a Comment