बीरगंज ७ श्रावण/ नेपाली कांग्रेस नगर कार्यसमिती बीरगंजले २९ औ बिपी स्मृती दिवसको अवसरमा बिधार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेको छ । बाँकी समाचार.......
बीरगंजको बिर्तामा रहेको बाल कल्याण गृहका २७ जना अनाथ बालबालीकाहरुलाई शैक्षिक समाग्रह बितरण गरिएको हो । नगर सभापति महमद सहाबुदीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस पर्साका सभापति सुरेन्द्र चौधरी, पुर्व सभापति राजेन्द्र बहादुर अमात्य, रामनारायण कुर्मी, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य श्याम पोखरेल, संतोष कुमार सिंह, महिला संघका अध्यक्ष राधा कार्की, क्षेत्रीय सभापतिद्धय श्याम पटेल, बिरेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो । त्यसैगरि नगर कार्यसमिती बाल कल्याण गृहका बालबालीकाहरुको लागि स्वास्थ्य परिक्षण तथा औषधी बितरण गरेको बताइएको छ ।

No comments:
Post a Comment