बीरगंज ११ श्रावण/ एलजिसिडिपी कार्यक्रम अन्तरगत नागरिक सचेतना केन्द्रको माग स्वरुप शहरी गरिब सशक्ती करण समाज उप्सले आजदेखि वीरगंजमा तीनदिने सामुदायिक विकासका लागि सहजीकरण तालिम शुरु गरेको छ । ..................
वीरगज उपमहानगरपालिका र लुमन्तीको सहयोगमा हुन लागेको सामुदायिक विकासका लागि सहजीकरण तालिममा लुमन्ती कलैयाका सहजकर्ता र वीरगंजमा सामुदायिका करिब ४० जनाको सहभागितामा शुरु भएको तीनदिने तालिमको प्रशिक्षक लुमन्ती कलैयाका फिल्ड संयोजक यज्ञराज कार्की, डा दिपक शाक्यले प्रशिक्षन दिने बताईएको छ । वीरगंज उपमहानगरपालिकाको सभाहलमा एक कार्यक्रम विच तालिमको उदघाटन गरिएको हो । उप्सका अध्यक्ष साहेब हुसैनको सभापतीत्वमा भएको उदघाटन कार्यक्रममा वीरगंज उपमहनगरपालिकाको कार्यकारी अधिकृत शिवदत्त भटराई, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक कुलदिप चन्द्र, नगरपालिकाका योजना अधिकृत प्रकाश आमात्य लगायतले तालिम प्राप्त गरिसकेपछि आ आफनो टोल समुदायिमा दायित्व निर्वाह गर्नुपर्ने भन्दै तालिमको सफलताको कामना गर्नुभएको थियो ।
No comments:
Post a Comment