मकवानपुर ११ श्रावण/ जिल्ला बिकास समिति मकवानपुरका नवआगन्तुक स्थानिय बिकास अधिकारी (एलडीओ) ले सञ्चारकर्मीसाग छलफल गर्नु भएको छ । ..............
केही दिनअघि मकवानपुर आउानु भएका स्थानिय बिकास अधिकारीको स्वागत्मा सञ्चारकर्मीसाग छलफल गरेको हो । छलफलका क्रममा मकवानपुरका स्थानिय बिकास अधिकारी भुबनप्रकाश बिष्टले सञ्चारमाध्यम र जिबिसको सम्बन्ध राम्रो रहेमात्र प्रभाबकारी बिकास निर्माण सम्भब रहेको बताउानुभयो । त्यसका लागि जिल्ला बिकास समितिले चौमासिक रुपमा सञ्चारकर्मीसाग छलफल गरी सूचना आदन–प्रदानलाई प्रभाबकारी बनाईने समेत उहााले बताउानुभयो । बिकास निर्माणको योजना तुर्जुमा, अनुगमन, अबलोकनमा समेत सबै सञ्चारकर्मीको समान सहभागितालाई प्राथमिकता दिईने उहााको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रताप बिष्टले सञ्चारक्षेत्र बलियो र सकारात्मक बनाउान स्थानिय निकायलेपनि सहयोग गर्नुपर्ने बताउानुभयो । उहााले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई जिबिसको समान सहयोग/सम्बन्ध हुनुपर्ने भन्दै बजेट/कार्यक्रम अझ पारदर्शी बनाउानुपर्नेमा जोड दिनुभयो । महासंघका मकवानपुर अध्यक्ष भानुभक्त आचार्यले जिबिसमा आफ्नोपन र सेवा लिन सहज रहेकोमा खुशी ब्यक्त गर्दै अझ सुधारतर्फ ध्यान दिनुपर्ने बताउानुभयो । कार्यक्रममा जिल्ला बिकास समितिका प्रमुख जिल्ला ईञ्जिनियर निर्मलकुमार प्याकुरेल, योजना, अनुगमन तथा प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, सामाजिक बिकास अधिकृत रामकृष्ण थापा, सूचना अधिकृत अजय बर्तौला, लेखा परिक्षण अधिकारी तथा एम.्सी.पी.एम. फोकल पर्सन राजेन्द्र भट्टराई लगाएतको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment