प्रभात काब्य यात्रा १६ औ बर्षमा प्रबेश
बीरगंज ३२ असार/ १८० औं प्रभात काब्य यात्रा पर्साले १६ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.........
रिपोर्टस क्लब नेपाल पर्सा शाखाको कार्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथी क्लबका पर्साका अध्यक्ष कन्हैया गुप्ताले नेपाली साहित्याकारहरुले असल समाज निर्माणमा योगदान दिएपनि राज्यले उनीहरुको योगदानको कदर नगरेको गुनासो गर्नु भएको छ । उहाँले साहित्यमा सक्रिय रहेका सर्जकहरुले आफनो हक अधिकारकालागि आवाज उठाउनु पर्ने कुरा आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष मास्टर तारा सिहं र ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबे, राष्ट्रिय मधेशी शहिद उधान समिती पर्साका महासचिव डा.सरोज कुमार रौनियार, बिश्व हिन्दु महासंघ पर्साका अध्यक्ष राजकिशोर चौबे, स्नेही नेपाल पर्साका अध्यक्ष भुपेन्द्र पौडेल, पञ्चम क्लब पर्साका संस्थापक सदस्य हबिब मियाँ अंसारी, क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्ष प्रणय कुमार, हास्यब्याङ्ग मञ्च पर्साका अध्यक्ष बिनोद तिमिल्सीना लगायतले प्रभात काब्य यात्राको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment