स्वास्थ्य सम्बन्धी समाचारलाई प्राथमिकता दिन संचारकर्मीलाई आग्रह
वीरगंज ३० असार/ जिल्ला जन स्वास्थ्य कार्यालय पर्साले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने गरि समाचारलाई प्राथमिकता दिन संचारकर्मीलाई आग्रह गरेको छ । बाँकी समाचार..........
नेपाल रेडक्रस सोसाइटी पर्साको सभाकक्षमा आयोजित अभिमुखि कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत प्रेमचन्द्र जैसवालले कुनै रोग भाइरस सम्बन्धी समाचार लेख्नु पुर्व त्यसबारे सम्पुर्ण जानकारी लिएमा समाचार प्रभाव कारी हुने बताउनु भयो । उहाँले श्रावन देखी भदौ सम्मका महिना झाडा पखाला, हैजा निमोनियाँ, जौन्डीस र मलेरिया रोग फैलिने उच्च जोखिम भएको समय भएकाले यो अवधीमा बिषेश सतर्कता अपनाउनु पर्ने बताउनु भयो । रोगबाट जोगिने र रोग लागि सकेपछि उपचार गर्ने उपाय बारे स्थास्थ्य कर्मीहरु संग जानकारी लिएर आम संचार माध्यले संप्रशित गर्न सकेमा ठुलो योग दान पुग्ने बताउनु भयो । कार्यक्रममा जन स्वास्थ्य कार्यालय पर्साले परिवार नियोजन, औलो रोग सुर्ती जन्य पदार्थबाट लाग्ने रोगहरु र सुरक्षीत गर्भपतन लगायत बिभिन्न रोगबारे जानकारी गराएको थियो । कार्यक्रममा जन स्वास्थ्य कार्यालयका सच्चिदान्न सिंह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारी लगायतको सहभागीता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment