Pages

टिपरको ठक्करबाट सहनी गम्भीर घाईते

वीरगंज २९ असार/ टिपरको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएको छ । बाँकी समाचार.......


भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना २ ख ९२४१ नम्बरको टिपरले बाइपास रोडमा ठक्कर दिदा रक्सौल स्थित पन्टोका गाउ निवासी ५५ बर्षीय झमन सहनी गम्भीर घाइते भएका हुन । ठक्कर दिए पश्चात घाइते भएका सहनीलाई टिपरका चालकले पुन: गाडीलाइ बैक गरी किच्न खोज्ज्दा रोडमा हिडीरहेका अर्का बटुवाले ती ब्यक्तिलाई बचाएका थिए । घाइते सहनीलाई बीरगंज स्थित नरायणी उपक्षेत्रिय अस्पताल उपचार गरि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment