बीरगंज २८ असार/ त्रिभुवन राजपथ अन्तरगत बाराको सिमराको बजनीमा आज टयाङकरको ठक्करबाट एकजना साइकल चालकको मृत्यु भएको छ । बाँकी समाचार........
दिउसो साढे १२ बजेको समयमा अमलेखगंजबाट बीरगंज तर्फ आउदै गरेको ना २ ख ४० नम्बरको टयाङकरले साइलक यात्री पर्साको बिरुवागुढी गाबिसका ४५ बर्षीय पसाङ लामालाई ठक्करबाट दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टयाङकर सहित चालकलाई इलाका प्रहरी कार्यालय सिमराले निमन्त्रणमा लिएको छ ।
No comments:
Post a Comment