Pages

क्रियाशील पत्रकारहरुका लागि आएको तालिममा अनियमित्ता

वीरगंज २५ चैत/ क्रियाशील पत्रकारहरुका लागि आएको तालिम एक दुइजना बाहेक आफना आसेपसेलाइ समावेश गराएर तालिम गराउदा बालुवा माथी पानी हालेको सरह भएको छ । बाँकी समाचार........
   

मध्य तराइको बारा, पर्सा र रौतहटमा कृयासिल रुपमा पत्रकारीता गर्दै आएका संचार कर्मीका लागि भनेर एनजिओका रुपमा चिनिएको सत्याग्रह सामाजिक सस्थाले प्रोपब्लिक पत्रकारीता सम्बन्धी ३ दिने तालिम वीरगंजमा गराइरहेको छ । कृयाशिल रुपमा कलम चलाईएका पत्रकारलाई अझ दक्ष बनाउने उदेश्यले तालिमको आयोजना गरेको दावी गरिएता पनि वास्तविकता त्यस्तो नभई औपचारिकता प्रधान गरी दातृसस्थाको रकमलाई लुटको धन फुपुको श्राद्ध ठानिएको देख्दा मुल प्रभावका पत्रकारहरु दुखित भएको गुनासो गरेका छन । आर्थिक रुपमा रहेको बारा पर्सा र रौतहटमा पत्रकारहरुलाइ आर्थिक सम्बन्धी समाचारहरु लेख्न तालिमको महत्वपूर्ण हुने आशा गरिएपनि मुलधारका पत्रकारहरु विभिन्न तालिमका अवसरबाट बन्चित हुदै आएका छन । यहाका स्थानिय निकायहरु, वीरगंज उद्योग वाणिज्य संघ लगायतका संघ सस्थाले विभिन्न शिर्षमा लाखौ लाख खर्च गर्दै आएका छन तर ति सचारकर्मीका लागि कसैले कुनै किसिमका कार्यक्रम नल्याउनु आफैमा आर्श्चय जनक भएकै छ । पत्रकारको हकहितका लागि खुलेका पत्रकारका संघ संगठनहरुले समेत ति सस्थासंघ प्रभावकारी तालिमका लागि कुनै समन्वय नगर्नुले सिंगो पत्रकार महासंघ प्रति पनि कृयाशिल पत्रकारहरु प्रत्रि्रश्न गर्ने भएकाछन । सत्याग्रह सस्थाले आयोजना गरेको प्रोपब्लीक तालिममा पत्रकारितामा नलागेका तथा हालै एसएलसी परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई समावेश गरिएपछि यसको उदेश्यमाथी नै प्रश्न चिन खडा भएको छ । बारा, पर्सा र रौतहटका जिल्लालाई कार्यक्षेत्र बनाई विभिन्न सचारमाध्यममा कार्यरत १८ जना संचारकर्मी तथा ५ जना भर्खरै एसएलसी दिएका तथा आयोजकका आफना नजिकका नातेदार सहभागि गर्राईएको छ ।

No comments:

Post a Comment