Pages

चैते छठको दोश्रो दिन आज खर्ना

वीरगंज २५ चैत / तराइबासिले मनाउने महान् पर्व छठको आज दोश्रो दिन खरना गरिने भएको छ । बाँकी समाचार........
   

हिजो पहिलो दिन नहान खान गरी शुद्ध भई ब्रत बस्न सुरु गरेका ब्रतालुहरुले आज दिनभरि भोकै बसी बेलुकी तिर दूध र सक्खरमा बनाईएको खिर र रोटी खाई खरना गर्दछन, जसलाई रसियाव रोटी पनि भनिन्छ । भोली तेश्रो दिन साझपख अस्ताउदो सुर्यदेवतालाई अर्घ दिई आईतबार विहान उदाउदो सूर्यलाइ अर्घ दिएपनि यो पर्व सम्पन्न हुन्छ । चर्मरोगको नाश तथा पारिवारिक सुःख समृद्धिका लागी छठीमाताको आराधना गर्दै यो पर्व मनाइन्छ । नेपालको तर्राई क्षेत्र तथा उत्तरी भारतमा मनाईने छठ पर्व धुमधामका साथ मनाईन्छ । निकै कठिन मानिने यो पर्वका चार दिनमध्ये दुइ दिन व्रतालुहरु अन्नपानी नखाई भोकै बसी ब्रत गर्दछन । तर्राईक्षेत्रको हरेक गाउमा नदि, पोखरी, तलाउ लगायतको जलाशयमा छठ पर्वका लागी घाट सजाउने कार्य धुमधामका साथ भईरहेको हाम्रा सहकर्मी नरेश र्सराफले जानकारी गराउनु भएको छ । छठलाई हर्षोल्लासका साथ मनाउन बीरगंजको घडीअर्वा, रानीघाट, राधेमाईटोला, नगवा, छपकैया ,श्रीपुर लगायतका पोखरी तथा नदिमा छठ घाट बनाउने र सजाउने कार्य त्रि्र गतिमा भईरहेको छ । कात्तिकमा बढी खर्चमा रंगीचंगी झकिझाकाउ पारेर दुल्ही जस्तै सिंगारेर छठ पुजा गरिन्छ भने चैत छठमा सो तुलनामा समान्य साधन तरिकाले सजावट गरिने देखिएको छ । यसैविच पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले चैत छठको मध्यनजर गर्दै पर्सा जिल्लाको सुरक्षाको उचित व्यवस्था मिलाउने बताउनु भयो । वहाले तराइमा मानिनै यो छठ पर्वलाइ मध्यनजर गर्दै पर्सा जिल्लाको विभिन्न ठाउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सादा पोशाकमा प्रहरी परिचान गरिने जानकारी दिनुभयो ।

No comments:

Post a Comment