Pages

पेट्रोलिय ढुवानीमा देखा परेको समस्याको बारेमा राय सुझाव संकलन

वीरगंज २४ चैत/ पेट्रोलियम पदार्थ अनुगमन तथा निरिक्षण समितीले आज पेट्रोलिय ढुवानीमा देखा परेको समस्याको बारेमा राय सुझाव संकलन गरेको छ । बाँकी समाचार.......
   

काठमाण्डोबाट आएको निरिक्षण समितीले बिहिबार वीरगंजको होटल मकालुमा आयोजना गरेको एक कार्यक्रममा पेट्रोलिय ढुवानीमा देखापरेको समस्याको बारेमा राय सुझाव संकलन गरेको हो । कार्यक्रममा पेट्रोल ढुवानी निकासी हुदा भंसार क्षेत्रको जामले गर्दा समय भित्र तेल ढुवानी हुन नसकेको तेल ढुवानी व्यवसायहरुले गुनासो गरेका छन । उनीहरुले सरकार पक्ष, नेपाल आयल निगम र ढुवानी व्यवसायी गरी तीनवटै पक्षले गर्दा आयल निगमको घाटन वेहोर्नुपरेको बताए । सरकार र आयल निगमले बरौनी रुट खारेज गर्नुपर्ने बारम्बार आएको अभिव्यक्तिले वरौनी रुट खारेज भए ढुवनी व्यवसायको पुरा क्षतिपुर्ती वेहोर्नुपर्ने बताए । उनीहरुले डिपोबाट नै एक सेन्टीमा ३० लिटर तेल कम दिएपनि आफूहरुले पुरा क्षतिपुर्ती दिदै आएको हुनाले निगम घाटा बेहोर्नुपर्ने कुरा भएको व्यवसायीहरुले बताएका छन । आफूहरुले ट्याङकर खरिद गर्दा नै नेपाल आयल निगमले भारतमै महगो रि केलिबे्रशन गर्राईयो र डिफरेन्स र्सटपनि तिर्न पनि लगाए यहा सम्म कि आयल निगमबाट अनुपत्र लिदा जबरजस्ती ५ सय रुपैया घुस लिने गरेको भएपनि निगम घाटा बेहोर्नु अशोभनीय रहेको ढुवानी व्यवसायहरुको गुनासो रहेको छ । व्यवसायीहरुले आफूहरुले डिपोबाट ल्याएको तेलमा कुनै किसिमको चुहावट नभएको दावी समेत गरेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले पटके सवारी करले गर्दा सवारी साधनको आवतजावतमा देखिएको समस्या समाधानका निम्ती पटके कर खारेजी गर्न तर्फलागि परेको जानकारी दिनुभयो । अर्का बक्ता प्रहरी उपरिक्षक गुप्त बहादुर श्रेष्ठले भारतबा आयत भएको तेल ट्यांकरहरुलाई नेपालमा आवत जावतमा कुनै किसिमको समस्या नभएको भन्दै ट्याकर चालकहरुले नेपालबाट भारत तर्फखाली ट्याकर लिएर जादा अबैध समानहरु ओसार पसार गरी लाने गरेको बताउनु भयो । उहाले तेल ट्याकर भित्र भएको अबैध कारोबारलाई निर्मुल पार्न सिभिल प्रहरी परिचालन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा उपभोक्ता मचका राजेश्वर तिवारीले पेट्रोलहरुमा धेरै मात्रामा मिसावट परिमाणमा अत्यन्तै कम हुने गरेको गुनासो गर्नुभयो । उहाले पेट्रोलियम पदार्थमा मिसावट नगर्न सम्बन्धी पक्षलाई पहल गरिदिन आग्रह समेत गर्नुभयो । पेट्रोलियम पदार्थ अनुगमन तथा निरिक्षण समितीका संयोजक नेकपा एमालेका भिम आर्चाय, सदस्य माओवादीका हरि रोक्का, राप्रपाका प्रतिमा राणा, जनशक्ति पार्टीका अर्जुन राइ, उपभोक्ता हित सरक्षण मंचको तर्फाट ज्योति बानिया, प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, राजेश्वर तिवारी, व्यवसायी विनोद मानन्धर लगातको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment