बीरगंज २३ चैत्र/ नेपालमा बर्ड फ्लु हाल सम्म नदेखिएता पनि यसअघी नै यसका १० वटा रोगी फेला पारिसकेको अवस्थामा खुल्ला सिमाना भएको हुदा पशुजन्य पदार्थको पैठारीमा बिशेष र्सतकता अपनाउनु पर्ने कुरामा बक्ताहरुले जोड दिएका छन । बाँकी समाचार.......
कृषि तथा सहकारी मन्त्रालय पशुसेवा बिभाग काठमाण्डौ र क्षेत्रीय पशुसेवा निर्देशनालय ललितपुरले संयुक्त रुपमा बीरगंजको स्थानिय होटल मकालुमा आयोजना गरिको बर्ड फ्लु रोग नियन्त्रण सम्बन्धमा सरोकारवालाको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै बक्ताहरुले जनवरी देखी मार्च सम्म यो रोग फैलिएको देखिएकोले संबेदनशील हुने कुरामा जोड दिएका छन । ६८ राष्ट्रमा ५ सय २२ जनामा रोग देखिएकोमा ३ सय ९ जनाको मृत्यु भइसकेको बताएका छन । कार्यक्रममा सहभागी निर्देशकहरुले अति जोखिम क्षेत्रमा गोष्ठी भइरहेको भन्दै सिमा संग जोडीएका क्षेत्र अझ बढी संबेदनशील हुन जरुरी भएको गोष्ठीमा आग्रह गरिएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बर्ड फ्लु घोषणा नभएसम्म चल्ला नष्ट गरेपछि क्षतिपुर्ति नपाउने प्रक्रिया रहेको भन्दै अनुगमन हुन जरुरी भएपनि अर्थ अभावले गर्दा अनुगमन हुन नसक्दा दुःख प्रकट गरेका थिए । गोष्ठी ५ क्षेत्रमा ५ पल्ट आयोजीत हुने जानकारी गराउदै पुर्वाञ्चल, मध्यमाञ्चल, मध्यपश्चिमाञ्चलमा सम्पन्न भइसकेपनि सुदर पश्चिमाञ्चल र मध्यसुदुरपश्चिम माञ्चलमा हुन बाँकी रहेको बताइएको छ । क्षेत्रीय प्रशासक दिलबहादुर घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा धनुषा, महोतरी, रौतहट, र्सलाही, बारा, पर्सा, चितवन र मकवानपुरमा डिआईजी ऋषबदेव भट्टर्राई, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, पशुक्वारेन्टाइन प्रमुख, जिल्ला बिकाश प्रमुखका प्रतिनीधि लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । महानिर्देशक प्रभाकर पाठक र निर्देशक दिनेश पराजुलीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्वागत भाषण डा.इन्द्र कान्त झाले गर्नु भएको थियो भने संचालन डिल्लीराम सेढाइले गर्नु भएको थियो ।

No comments:
Post a Comment