Pages

माईती नेपालको बाषिर्कोत्सव सम्पन्न

बीरगंज २४ चैत्र/ १८ औ बाषिर्कोत्वको अवसरमा माइती नेपाल पर्साले आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बाँकी समाचार.......
   

बीरगंजको छपकैया स्थित आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा ठकुरी समाज पर्साका अध्यक्ष पशुपती बिक्रम शाहले चेली बेटी भारत लैजाने कार्यलाई रोकथाम गर्नमा पूर्ण रुपले सक्रियता देखाएको बताउनु भयो । वहाँले सशस्त्त प्रहरी र नेपाल प्रहरीको सक्रिया बढी नदेखाएको हुदा समाजिक लडाइ बिकृती बन्दै गइरहेकोमा चुनौती पुर्ण रहेको बताउनु भयो । कार्यक्रममा महिला तथा बालबालीका कार्यालय पर्साकी अधिकृत उर्वरा लुइटेल, नेपाल रेडक्रस सोसाइटी पर्साका प्रतिनीधि दनबहादुर थापा, नेपाल पत्रकार महासंघ पर्साका सदस्य जगत राइ लगायतकाले शुभ कामना मन्तब्य दिएका थियो । कार्यक्रममा सहयात्री समाज पर्साकी कार्यक्रम संयोजक संध्या लामा, पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारी, साना हात नेपालका बाबुराम क्षेत्री लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment