Pages

समाजको निर्माणका लागि छिटो संबिधान बनाउन आवश्यक रहेको - प्रजिअ झा

बीरगंज १९ चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले दिगो शान्ति समता मुलक समाजको निर्माणका लागि छिटो संबिधान बनाउन आवश्यक रहेको बताउनु भएको बाँकी समाचार........
 



महिला मानव अधिकार संजाल पर्सा नेपाल लयर्स कल्व बीरगंजले संयुक्त रुपमा स्थानिय बृन्दाबन होटलमा आयोजना गरेको दिगो शान्ति समता मुलक समाज निर्माण गर्नका राजनितीक दलहरुको भुमिका बिषय बिचार गोष्ठीमा बोल्दै झाले यस्तो बताउनु भएको हो वहाले अहिलो पहिलो आवश्यकता तोकिएको समयमा संबिधान जारी गर्नुपर्ने कुरामा जोड दिनुभयो प्रमुख जिल्ला अधिकारी झाले दिगो शान्ति द्धन्द्ध ब्यवस्थापन शान्ति प्रकृया कायम गर्न सबैलाई इमान्दारीता पूर्वक आफनो भुमिका निर्वाह गर्न आवश्यक रहेको बताउनु भयो वहाले संबिधान सभाका सभासदहरुलाई संबिधान बनाउन तोक्नु पथ्र्यो तर त्यस्तो नभएपछि सबै सरकारमा जान खोजेकोले संबिधान निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी झाले संबिधान बनाउनु राजनितीक दल सभासदहरुलाई नागरिक समाजले दवाव दिनु पर्ने धारण ब्यक्त गर्नु भयो सदभावना पार्टीका जिल्ला अध्यक्ष नेजामुदीन समानीले नेपाली जनताले चाहेजस्तो संबिधान निर्माण नहुने भन्दै राजनितीक स्थायित्व समय मै संबिधान निर्माण गरि दिगो शान्ति समतामुलक समाज कायम गर्न सकिने बताबताउनु भयो गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष कमल मोहन पोखरेलले दुइ महिना भित्र संबिधान निर्माण नभए संबिधानको म्याद थप गर्नु कुनै औचित्य नहुने भन्दै दलहरुको इमान्दारीता कर्तब्य बोध नभए सम्म संबिधान निर्माण ढोकुवा गर्नु भयो महिला मानव अधिकार संजाल पर्साकी उपाध्यक्ष रेणु मान्नधरको सभापतित्वमा सम्पन्न गोष्ठीमा पत्रकार महासंघ पर्साका सल्लाहकार केशी लामिछाने, उपाध्यक्ष ध्रुव साह, नेपाली कम्युनिष्ट पार्टी संयुक्तका रामराजा प्रसाद जैसवाल लगायतको उपस्थिती रहेको थियो

No comments:

Post a Comment