Pages

सभासदहरुबाट सरकारी सेवा सुबिधा फिर्ता गराउनु पर्ने सरोकारवालाहरुको माग

बीरगंज १९ चैत्र/ तोकिएको समयमा संबिधान निर्माण गर्न नसक्ने सभासदहरुबाट राज्यबाट उपलब्ध गराएको सेवा सुबिधा फिर्ता गराउन सरोकारवालाहरु माग गरेका छन बाँकी समाचार........
 

बीरगंज जेसीजले बीरगंज उधोग वाणिज्य संघको सभाकक्ष आयोजना गरेको सत्ता होइन संबिधान देउ दलगत स्वार्थ होइन राष्ट्र बचाउ भन्ने बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले सभासदहरुबाट सरकारी सेवा सुबिधा फिर्ता गराउनु पर्ने माग गरेका हुन बक्ताहरुले तोकिएको समयमा संबिधान बनाउन नसक्ने सभासदहरु जनताको कारवाही भोगन त्यार रहनु पर्ने बताएका थिए अन्तरक्रिया कार्यक्रममा बोल्दै मधेशी जनअधिकार फोरम लोकतन्त्रीकका सभासद करिमा बेगम ठुला तीन दलका कारण नै तोकिएको समयमा संबिधान बन्न नसने अवस्था श्रृजना भएको आरोप लगाउनु भयो राजनितीक दलका नेताहरु प्रति नगरिकको बिश्वास घटदै गएको भन्दै पूर्व कृषि तथा राज्य मन्त्री समेत रहनु भएकी सभासद करिमा बेगम सरकारका तर्फाट अहिले सम्म आधिकारीक पत्र नआएकोले आफुले सरकारी गाडी प्रयोग गरिरहेको बताउनु भयो बीरगंज जेसीजका अध्यक्ष बिजय राज कर्णीकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव अशोक जैसवाल, सदभावना पार्टीका जिल्ला अध्यक्ष नेजामुदीन समानी, नेपाली कम्युनिष्ट पार्टी एमालेका बाल गोपाल थापा, तराइ मधेश लोकतन्त्रीक पर्साका कार्यवाहक अध्यक्ष गोपाल कुर्मी, र्सवसाधारण बिरेन्द्र कुमार चौरसिया लगायतकाले आफनो मन्तब्य दिएका थिए

No comments:

Post a Comment