वीरगंज २० चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले अर्को वर्षदेखि एसएलसीको सेन्टर गाँउंमा नभई शहरमा राख्ने बताउनु भएको छ । बाँकी समाचार..........
एसएलसी परीक्षा सम्पन्न पश्चात बिकाश नेपालद्वारा स्थानीय होटल सुरजमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रजिअ झाले आगामी प्रवेशिका परिक्षामा समेत आफुले जिम्मेवारी निर्वाह गर्ने दायित्व आई परे त्यस बखत थप अनुशासित र मर्यादित तवरबाट परिक्षा संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । प्रजिअले यस पल्टको परिक्षामा थुप्रै विद्यार्थीहरुलाई निष्काशित गर्नु परेको तितो यथार्तलाई स्मरण गर्दै यो आफनो शौक वा स्वभाव नभई बाध्यताको रुपमा लिईदिन सबैमा आग्रह समेत गर्नु भयो । एसएलसी परिक्षाबाट १ सय ३२ जना बिधार्थीहरुलाई निष्काशीत गरिएको छ भने १४ जनालाई कारवाही गरिएको बताउनु भयो । सद्भावना पार्टी पर्साका जिल्ला अध्यक्ष निजामुद्दिन समानीले जबसम्म विद्यार्थीहरुको मनमा डर उत्पन्न हुंदैन तबसम्म चिट चोर्ने कामको अन्त्य नहुने कुरा बताउंदै शिक्षाको सुधार गर्नका लागि सबैजना मिलिजुली लाग्नु पर्ने कुरामा जोड दिएका थिए । पर्साका प्रहरी उपरिक्षक गुप्तबहादुर श्रेष्ठले कक्षा कोठामा गई चेकजाँच गर्ने वा खोस्ने प्रहरीको काम नरहेको भन्दै चिट खोसान कक्षा कोठामा गएका प्रहरीलाई देखेर बिधार्थीहरु आफ्नो होस हवास गुमाउनुको साथै जानेका कुराहरु पनि बिर्सछन भन्नु भयो । पत्रकार युवराज खड्काले यस परिक्षामा खटिएका केन्द्राध्यक्षहरुले समेतर् इमानदारिता प्रस्तुत नगरेको बताउदै यस कार्यमा खटेका परिक्षा निरिक्षकहरुले समेत आफ्नो कर्त्तव्य इमान्दारिता पूर्वक निर्वाह गरे इस्ता विसंगतीहरुमा रोकथाम गर्न सक्ने विश्वास प्रकट गरेका थिए । कार्यक्रममा प्रवेशिका परिक्षा २०६७ को गतिविधि तथा प्रभावकारिता माथि जिल्ला शिक्षा अधिकारी केदार तिवारीले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बिकाश नेपालका अध्यक्ष फुल महमद मियाँ, नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडित, बिभिन्न बिधालयका शिक्षक, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment