Pages

रैथाने बिउ संरक्षणमा किसान सक्रिय

बीरगंज २१ चैत्र/ आयातित विकासे बिउले विस्थापित गर्न थालेपछि बाराको कचोर्वा गाविसका किसानहरु रैथाने बिउ जोगाउन सक्रिय बनेका छन बाँकी समाचार........
 

गाँउका किसानहरु बिउ बैक स्थापना गरेर रैथाने बिउ जोगाउन सक्रिय बनेका हुन विदेशबाट आयात हुने विकासेले स्थानीय बिउलाई विस्थापित गरेर कृषि उत्पादन समेत घटन थालेपछि किसानहरु बर्षघि देखि संरक्षण अभियानमा जुटेका हुन किसानहरुलाई जैविक विविधता अनुसन्धान तथा विकासकालागि स्थानीय पहल नामक संस्थाले रैथाने बिउको संकलन, प्रशोधन संरक्षणमा सहयोग गर्दै आएको बिउ जोगाउन किसानले गाउमा सामुदायिक बिउ बैक स्थापना गरेका छन बैकमा ५४ प्रकारका स्थानीय जातका धान, जुनेलो, कोदो जस्ता खाद्यान्न विभिन्न जातका घिरौला, रहर, फर्सी, लौका, कुभिण्डो, सिमी जस्ता तरकारी तेलहन बाली जडिबुटीको बिउ संकलन गरेर राखिएको कृषि विकास तथा संरक्षण समाजका अध्यक्ष रामइकवाल यादवले बताउनुभयो किसानले माटो, काठ बासका भाडामा राखेर बिउ सुरक्षित तुल्याउने गरेका जिल्लाका विभिन्न गाविसमा किसानले खे तिगर्दै आएका बिउ संकलन गरेर परिक्षण बैकले किसानलाई बिउ वितरण गर्दै आएको उत्पादन राम्रो देखिएको बिउ अन्य किसानलाई वितरण गर्ने यादवले जानकारी दिनुभयो 'लोप हुने अवस्थामा पुगेका थोरै किसानले सानो क्षेत्रमा मात्र खेति गर्दै आएको बालीको बिउ संरक्षणमा जोड दिएको 'यादवले भन्नुभयो उत्पादन राम्रो देखिएको बिउ बृद्धि गरेर गाउका अन्य किसानलाई समेत वितरण गरिने गरिएको बताइएको बैकमा रहेका मध्ये कचोर्वा , कचोर्वा कचोर्वा १२५ जातको धानको बिउ स्थानीय किसानले प्रयोग गर्दै आएका छन बैकको बिउको उत्पादन समेत राम्रो रहेकाले किसानले मन पराएको यादवले बताउनुभयो जैविक विविधता अनुसन्धान तथा विकासकालागि स्थानीय पहलको सहयोगमा किसानले रैथाने दुधिसरो हर्दिनाथ मा क्रस गरेर किसानले नया जातको बिउ बिकास गरेका हुन बैकले समुहका किसानलाई सुलभ मुल्यमा बिउ वितरण गर्ने गरेको किसानले बाली भित्र्याएपछि बैकबाट लिएको बिउको डेढ गुना बढी बुझाउनु पर्छ यादवले भन्नु भयो देशबाट आयातित बिउबाट उत्पादन कम हुने रोगकिराको प्रकोप समेत बढी देखिन थालेपछि रैथाने बिउको संरक्षण गर्नु परेको कचोर्वाका अर्का किसान रुपनारायण यादवले बताउनुभयो रैथानेमा खडेरी रोग व्यादीको प्रकोप सहन सक्ने क्षमता बढी हुने उत्पादन समेत राम्रो हुने यादवको भनाई रैथाने जातको खाधान तरकारीको स्वाद बास्ना समेत राम्रो हुने उनले बताए परम्परा देखि प्रयोग गर्दै आएकाले रैथाने बिउमा किसानको आकर्षा देखिएको यादवले बताए

No comments:

Post a Comment